कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कारको घोषणा गरिएको छ । कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले मिति २०७९ फागुन ०६ मा कालीभक्त पन्तको एकतिसौँ स्मृतिदिवस पारेर कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार कुमार बस्नेतलाई दिने घोषणा गरेको हो । उक्त कार्यक्रम फलेवास नगरपालिका- ६ स्थित प्रतिष्ठानको भवनमा सम्पन्न भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता र फलेवास न. पा. का उपमेयर श्री शोभा क्षेत्रीको आतिथ्यमा भएको कार्यक्रममा स्व. कालीभक्त, स्व. कृष्णा पन्त तथा स्व. दुर्गादवी पन्त पाण्डेका नाममा स्थापित विभिन्न छात्रवृत्तिहरू वितरण गरिएको थियो । प्रतिष्ठानको कार्यसमितिको निर्णयानुसार यस वर्ष २०७९ का लागि कालीभक्त नेपाली अन्तराष्ट्रिय लोक साहित्य पुरस्कार प्रसिद्ध लोक गायककुमार बस्नेतलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
नेपालमा रू १,०१,०००/- विदेशमा १००१ अमेरिकी डलर, राशी र सम्मानपत्र सहितको उक्त पुरस्कार यस अघि सत्यमोहन जोशी- ९२०७५०, कृष्ण कँडेल- (२०७६) तुलसीदिवस- (२०७७) र प्रा. डा. चूडामणि बन्धु- (२०७८)लाई प्रदान गरिएको थियो । उक्त पुरस्कारका संस्थापक कालीभक्त पन्तका साहिँला छोरा/बुहारी गोविन्दप्रसाद पन्त र उर्मिलादेवी पन्त हुनुहुन्छ भने पुरस्कारको अन्तर्राष्ट्रिय समितिका संयोजक साहित्यकार महेश्वर पन्त हुनुहुन्छ । उक्त पुरस्कार २०७९ फागुन १५ गते काठमाडौंमा विशेष समारोह आयोजना गरी प्रदान गरिने भन्ने कुरा हामीलाई प्राप्त सन्देशमा जानकारी गराइएको छ ।