• २०८१ मंसिर १७ सोमबार

तिम्रो मेरो त्यो विगत

बसन्त चौधरी

बसन्त चौधरी

तिमी र म–
म जवान थिएँ
तिमी सुन्दर थियौ
स्वर्गङ्गा थियो
तिम्रो र मेरो जीवनको बाटो !

मेरो जिस्काइमा
तिमी लज्जावती हुन्थ्यौ
तिम्रो मुस्कानमा
म हराउँथेँ !
एक आपसमा हराउँदै
हामी आफूलाई पाउँथ्यौँ !
त्यहाँ तिमी जे गथ्र्यौ
र म जे गर्थें
गर्छु भनेर जे गरिँदैनथ्यो–
आहा ! कस्तो अलौकिक संसार त्यो हाम्रो !
तिमी नै म
म नै तिमी
कस्तो जादुमय रिमिझिमी !

सङ्गम पनि कस्तो पावन
मानौँ त्यो हवन हो यज्ञको
कि हामी समाधिको उत्कर्ष सहजै छुन्थ्यौँ !
जुन प्रेमै भनेर गरिएन
सायद त्यो नै थियो शाश्वतप्रेम
तिमी र म बीच छाएको !

साभार: वसन्त (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)


खबरहरू !

प्रेम

सुनो जी