• २०८० असोज १० बुधबार

बिडम्बना

गीताश्री शर्मा

गीताश्री शर्मा


सभ्य
समाज
घेरा भित्र
देखावटीको
ज्युँदा मुर्दाहरू
कोपर्छन् आमालाई
कुल्चेर त्यो जातीयता
बिर्सिंरहेछन् कर्म भूमि
भावनाका बलात्कारीहरू
तुच्छ मानसिकताधारी
लुटाहाको जगजगी
ग्रसित छ समाज
न हीनता बोध
छ वाहवाही
यत्रतत्र
उनैको
आज
लौ।


गीताश्री शर्मा