समाचार
आमा !
एक भ्रूणलाई कोखमै फुलाइ,
कुँदिँदै अंग–अंग सुन्दर बनाइ,
तयार पार्छिन् एक जीवलाई-
ब्रह्मा नै हुन् यी, यिनै यी नै हुन् सृष्टिदायि
त्यो एक मानव रूपी यन्त्रलाई,
फुक्छिन् प्राण, जप्दै मन्त्रलाई,
भोग्छिन् प्रसवका ती मृत्यु समान
पैदा गर्छिन् सन्तान ! जननी महान
भोगेर कैयौँ दुःखका पहाड,
जुटाउँछिन् ती शिशुलाई आहार,
पिएर पानी, बनाएर दूध,
पिलाउँछिन् भोकै बस्छिन् खुब !
बोकेर सधैँ शिशु काखमा,
सीप र ज्ञान भर्छिन् कोपिलामा,
खिपेर पंख, गराउँछिन् उडान,
फर्केर ढल्छिन् जोगी समान !
द्वारिका कुइकेल
गोंगबु, गणेशस्थान, काठमाडौं, नेपाल