• २०८१ भाद्र २७ बिहीबार

प्रेमका लागि जीवन

मुना बोहोरा

मुना बोहोरा

न समयसँग जोडिन्छ
न त कुनै महत्वाकाँक्षासंग
मनसँग मन जोडिएर
एउटा जीवन खोज्छ

न कुनै चाहना
न कुनै तृष्णा
सुखमा पनि
दुस्खमा पनि
एउटै स्वरूपमा देखिन्छ प्रेम

प्रेम नभएको जीवन
कस्तो हुन्थ्यो होला
प्रेम र जीवन एउटा सिक्काका दुई पाटा
जीवनबाट प्रेम झिक्दा
जीवन अधुरो
प्रेमबाट जीवन झिक्दा
प्रेम अपुरो
जीवनका लागि प्रेम
प्रेमका लागि जीवन !


मुना बोहोरा