• २०८१ भाद्र २४ सोमबार

एउटा प्रेम

रसिक राज

रसिक राज

म चाहन्छु हामी
एक गुमनाम प्रेम गरौं
जो बन्न विवश नहोस उदाहरण ।

हिउँदमा
विश्वविद्यालयको चौरमा बसेर
घाम र बदाम खाँदा खाँदै
होस,हाम्रो पहिलो भेट ।
हामी गरौ एक अर्कालाई जान्ने रहर
र,हामी लुकाउँला आ–आफ्नो परिचय ।

सिताम्य बिहानमा,
पिउँदै कालो चिया,
तिमीमुस्कुराउदै
सुनाउनुकुनै नाम नसुनेको कविको
सबै भन्दा वियोगान्त कविता
म बनाउने छु,
न्यााप्किन पेपरमा तिम्रो लिपिस्टिकले तिम्रो कार्टुन
र,हामी हाँसौ यति जोडजोडले कि
भुर्रर्र उडुन बिस्कुटका टुक्रा टिपिरेका कौवाहरु ।

च्यातेर ताजा खबर पत्रिका
बनाउँला कागजको एउटा हवाई जहाज
हिर्काउँला ताकेर पश्चिम फर्केको घामको गर्धनमा
र हाम फालौँला साझको अंगालोमा ।

म जुनकीरी टिपेर बनाउने छु
एउटा सानो जुन
लगाइदिनेछु तिम्रो केशमा
तिमी उत्तानो परेर देखाउनु
आकाशलाई माझी औला

कुनै रात
तिमी आउनु सुटुक्क मेरो डेरामा
भरीदिनु माटो
र रोपिदिनु कुनै जङ्गली लहराको बिरुवा
त्यहाँको रित्तो गमलामा

तिमी कहिले नसोध्नु मेरो सन्चो बिसन्चो
म कहिले नराखुला फेरि भेट्ने प्रस्ताव ।

म हरेक भेटमा
थाहै नदिएर राखिदिउँला
तिम्रो झोलाको अघिल्लो खल्तिमा
एउटा प्रेम पत्र
तिमी कहिले नलेख्नु त्यसको जवाफ।


रसिक राज


काव्यमुहूर्त

गीत

फरक– १८

IS NOT ENOUGH