तिमीसँग बिताएका मनमोहक पलहरूले
आज पनि लोभ्याइरहन्छन् मलाई
यद्यपि
स्मृति मात्र छ
छैनौ मसँग तिमी
तिमीसँगका ती अनमोल पलहरू
आजसम्म उभिएका छन्
तिम्रो स्मृतिलाई
पहरा दिएर
उठछ तरङ्ग र बिथोल्न थाल्छन्
जब सम्झना आउँछ
अधरमा छरिएको
निर्दोष मुस्कानको
हरेक मौनताको
यौटै उत्तर बनेर बसेको
मेरो हृदयको मुहान नै
तिम्रो साथ हो ।
युग बितिसक्यो
तथापि यस्तो लाग्छ
कही न कहीँ अन्तस्करणमै बसेको छ
मिलनको आशा
यसलाई व्यक्त गर्ने
छैनन् अक्षरहरू
जसले बनाउन सक्छ
शब्द र वाक्य
त्यसैले म मौन छु ।
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)