• २०८१ माघ ११ शुक्रबार

तिम्रो याद र रातो गुलाफ

 विबेक दुलाल क्षेत्री

विबेक दुलाल क्षेत्री

यो चिसो हावा जाडो हुनु शिवाय
अरु पनि केही त अर्थ बोक्छ
जस्तो कि मैले यहि बेला तिमीलाइ सम्झेको छु
यो अनुभूतिमा तिमी नहुनुको पीडा छ
तर यो सत्य हो कि यो चिसो झै गाढा तिमी ममा समाहित छौ

यो बेरोजगरी अभाब हुनुको अलाबा
केहि न केही गुत्थी फुकाउछ
जस्तो कि यहि बेला मैले
तिमीलाइ मुटूमा राखेको छु
यी सवालमा तिमी छैनौ दुख त छ
बल्कि यहि कटु सत्य हो कि
तिम्रो सम्झना मात्रले पनि
मेरो हर दिन उज्यालो भएको छ

यो शुन्यता मलाइ दुखाएरै जान्छ
र गाउछ खुचिङ्गहरुको लोहरी
यो वातावरण मलाइ चिथोर्छ
र देखाउछ अक्करहरुको बाटो
यो कालो प्रबाश मलाई बिथोल्छ
र व्याख्या गर्छ पैसा र महलहरुको

मलाइ हर कुरा स्वीकार छैन प्रीया !
मलाई यो महसुस छ कि
मानौ तिमी मेरा नयनहरुको अघि
रातो गुलाफ लिएर भनी रहेछौ
प्रणय दिवशको शुभकामना छ मेरो देब,
तिमीले आतिनु हुँदैन,
दुख पछिको खुशी नै स्थायी प्रेम र अपुर्ब मिलनहो


विबेक दुलाल क्षेत्री
दमकबजार, झापा, हाल, अबुधाबी, युएइ ।