• २०८१ फागुन ३ शनिवार

कमलराज खम्बू ‘आने’को ‘खम्बुको स्मृतिग्रन्थ’ सार्वजनिक

काठमाडौँ ।

४६ वर्षको अल्पायुमै हृदयाघातबाट निधन भएका पत्रकार तथा समाजसेवी कमलराज खम्बू ‘आने’को स्मृतिग्रन्थ सार्वजनिक भएको छ । ओखलढुङ्गा मानेभन्ज्याङ रिनुवालका बासिन्दा कमलराजका परिवारले कमलराजकै नाउँमा एक लाख ११ हजार १११ रुपियाँ राशिको ‘कमलराज खम्बू राई ‘आने’ प्रतिभा पुरस्कारको स्थापना गरेका छन् । उनको सम्झनालाई सधैँ ताजा राख्ने घोषणासमेत गरिएका कमलराज प्रभाव दैनिकका तत्कालीन सम्पादक तथा खासखबर साप्ताहिकका प्रकाशक समेत रहेका थिए । स्व. कमलराजले राजधानीमा आएर उच्चशिक्षा अध्ययनसँगै यहाँ बाँच्न, पत्रकारितामा आफूलाई अब्बल साबित गर्न गरिएका सङ्घर्षका कथा उहाँका समकक्षी, विद्यार्थी र सहकर्र्मीले स्मृतिग्रन्थमा उल्लेख गरेका छ ।