• २०८१ फागुन ६ मङ्गलबार

‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जोशीलाई प्रदान गरिने

सुदीश निरौला स्मृति साहित्य पुरस्कार” वि.सं २०७९ का लागि कवि शकुन्तला जोशीलाई प्रदान गरिने भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा प्रदान गरिँदै आएको यो पुरस्कार जोशीलाई प्रदान गरिने भएको हो । सुदीश निरौला मेमोरियल ट्रष्टबाट स्थापित पुरस्कारको राशि रु. १५ हजार रूपियाँ रहेको छ ।

नेपाली साहित्यको कविता विधामा अढाई दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि कवि जोशीलाई उक्त पुरस्कार दिइने भएको प्रतिष्ठानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाली साहित्यको कविता विधामा अढाई दशकभन्दा बढी समयदेखि दिएका योगदानका लागि कवि जोशीलाई उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।

कवि सुदीश निरौलाका माता पिता गोविन्द निरौला र टेकमाया निरौलाद्वारा स्थापित यस पुरस्कारबाट यसअघि साहित्यकार महेश पौड्याल, सोझो गाउँले र मिलन समीर पुरस्कृत भैसकेका छ्न् । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षता पौष २० गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।