• २०८२ मंसिर ७, आईतवार

‘पवन आलोक नियात्रा पुरस्कारद्वारा ‘गृष्मको नीलो बतास’ पुरस्कृत

२०७९ माघ १२

नियात्रा समाज नेपालद्वारा नियात्राकार डा. दामोदर पुडासैनी किशोरको ‘गृष्मको नीलो बतास’लाई पुरस्कृत गरेको छ । नियात्रा समाज नेपालले थाहा पुस्तकालय बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नियात्राकार डा. दामोदर पुडासैनीको ‘गृष्मको नीलो बतास’ कृतिलाई नगद रू २५००० र. सहित ‘पवन आलोक नियात्रा पुरस्कार’को सम्मानपत्र प्रमुखअतिथि घनश्याम राजकर्णिकारले अर्पण गरेर पुरस्कृत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा डा. पुडासैनीलाई नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालले ‘पवन आलोक नियात्रा पुरस्कार लेखिएको कालो भादगाउँले टोपी, पुरस्कार चयन समितिका संयोजक श्रीओम श्रेष्ठले माला, पवन आलोकले दोसल्ला र नगद, नियात्रा समाजका संस्थापक चन्द्रप्रसाद भट्टराईले टीका लगाएर सम्मान अभिनन्दन गर्नुभएको थियो । उक्त कार्यक्रममा नियात्रा समाजका महासचिव जयछाङ्छा राईले नियात्राको इतिहासदेखि वर्तमान नेपाली नियात्राको स्थितिका कुरा राख्दै स्वागत गर्नुभएको थियो ।

साहित्यकार महेश पौडेलले नियात्रा कृति बजार आउँदा नि झिकेर आएका यात्रा कृति भएका छन् । यो कृति र कृतिकारमा भने निस्सन्देह नियात्रा भएको बताए । कार्यक्रमका प्रमुख वक्ता मोहन चापागाईं, पवन आलोक, श्री ओम श्रेष्ठ रोदन, चन्द्रप्रसाद भट्टराई, घनश्याम राजकर्णिकार, प्रतीक ढकालले नियात्रा र पुरस्कृत व्यक्तिबारे बोल्नु भएको थियो । साथै डा. पुडासैनीले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन भवानी खतिवडाले गर्नु भएको थियो ।