• २०८० असोज ६ शनिवार

यन्त्रजस्तो मान्छे

बसन्त चौधरी

बसन्त चौधरी

मान्छे आज
मान्छे रहेन
सबैजस्तो बन्दाबन्दै
आफू जस्तो रहेन
हुलमा थियो मान्छे
आज एक्लो भएको छ
कुन बेहोसीमा,
खै कस्तो जिन्दगी बाँच्दैछ ।

मान्छेभित्र
आफ्नै मान्छे आज मर्दैछ
यन्त्र जस्तो मान्छे
एउटा पट्यार बनेको छ
संवेदना हराएर मान्छे
ढुङ्गामा अनुवाद भएको छ
द्वेष र ईष्र्या बटुल्ने होडमा
आफैँलाई धितो राख्दैछ
आफैँलाई सखाप पार्न
पतनको जङ्गल पस्दैछ,
आजको मान्छे विषाक्ति उम्रेको छ
र आफैँलाई डस्दैछ ।


साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)