• २०८१ असार ११ सोमबार

‘झिलमिल सितारा’ सार्वजनिक

वरिष्ठ संगीतकार आलोक श्रीको एकल संगीतमा उदितनाराण झा, दीपा नारायण र आदित्य नारायण झाको गीतिएल्वम ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रम गरी उक्त एल्वम सार्वजनिक गरिएको हो । यो एल्वमले नेपाली संगीत क्षेत्रमा छुट्टै स्वाद लिएर आएको संगीतकार आलोक श्रीले बताएका छन् ।

एल्बम भित्र आठ वटा गीत छन् । ती झिलमिल सितारा, हे माया, तिमीसँग हिड्दा, नौ थरी सपना, पानी छ्याँदै, देखूँ देखूँ, जुनबनी र हावाले भन्छ हुन् ।हे माया र नौ थरी सपना आलोक श्री आफैंको शब्द संगीतमा रहेको गीत हो । अन्य गीतका रचनाकार एस पी कोइराला, मुकुन्दराज शर्मा, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधान हुन् ।