शताब्दीपुरुष सत्यमोहन जोशीको श्रद्धाञ्जलीका लागि बनेका संस्थाहरूको एक्यबद्धतामा संलग्न संस्थाहरूका प्रतिनिधिहरूको थाहा पुस्तकालय, मीनभवन, काठमाडौमा विशेष भेला सम्पन्न भयो । जोशीको श्रद्धाञ्जली सभाका संयोजक राधेश्याम लेकालीको अध्यक्षता सम्पन्न सो भेलाले शताब्दीपुरुष सत्यमोहन जोशीको स्मृतिग्रन्थ प्रकाशनगर्ने निर्णय गरेको छ । यसका लागि सात सदस्य समिति निर्माण गरेको छ । समितिको संयोजकमा नेपाली साहित्य मन्दिरका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सदस्य सचिवमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कोषाध्यक्षमा नेपाली साहित्य संस्कृति समाजका महासचिव मुरारि सिग्देल रहेका छन् ।
यसैगरी सदस्यहरूमा क्रमशः बालवाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. गोविन्दमान सिंह कार्की र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल रहेका छन् । शताब्दीपुरुष सत्यमोहन जोशीको प्रकाशन गरिने स्मृतिग्रन्थको प्रधान सम्पादकमा श्रीओम श्रेष्ठ रोदनलाई मनोनयन गरिएको छ । स्मरणीय छ, शताब्दी पुरुष सत्यमोहन जोशीको देहावसानको समय ४३ ओटा संस्थाले शोक वक्तव्य जारी गरेका थिए भने ३७ ओटा सस्थाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका थिए । भेलामा राधेश्याम लेकाली, नरेन्द्रबहादुर श्रेष्ठ, हेम पाठक, श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. गोविन्दमान सिंह कार्की, शंकर भारती, भीष्म उप्रेती, अश्विनी कोइराला, मुरारि सिग्देल, मन्जिला अनिल, निर्मलरमण पराजुली, उमेश पाण्डे, विजध्वज थापा, श्रीमान कार्की, कमला रिसाल, सुष्मा अंशु आदिको उपस्थिति रहेका थिए ।