समाचार

मेलवर्न । नेप्लिज एसोसियसन भिक्टोरिया (न्याभ)ले आफ्नो २६ औं बार्षिकोत्सव, नयाँ बर्ष २०२३ तथा अष्ट्रेलिया डे को अवसर पारी शनिवार मेलवर्नमा साहित्यिक जमघट गरेको छ । अग्रज श्रष्टाहरुलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्धेश्यसहित मेलवर्न साहित्यिकमञ्च (रचनावाचन कार्यक्रम) सम्पन्न गरिएको हो । पहाडीले साहित्यिक जीवनका अनुभव सँगै आफ्ना कविताहरु सुनाउँदै नयाँ स्रष्टाहरुलाई नेपाली साहित्यका पूराना कुरा देखि नयाँ कुराहरुको जानकारीबोध गराए ।
सञ्ज्यालले कार्यक्रममा पहाडीसहित साहित्यकारहरु, जेनिन नेपाल, सञ्चारकर्मी तथा सञ्चारकर्मीहरु निरु त्रिपाठी, दिक्पाल पंगेनी, लक्ष्मण सन्ज्याल, साहित्यकार गोविन्दराज भिकारी, साहित्यकार रिता अधिकारी, गायक नवराज कवाली, साहित्यकार रमेश अधिकारी, कृष्ण पिडी सापकोटा, प्रिसुइन्स लगायतले प्रस्तुती दिएका थिए । न्याभको तर्फबाट कोषाध्यक्ष डा. यकेन्द्र तिमिल्सिनाले शुभकामना दिदै मेलवर्नमा साहित्यिक स्रष्टाहरुलाई थप रचनात्मक बन्नको निम्ती प्रोत्साहन गर्न न्याभले काम गर्ने बताए ।
भिक्टोरियामा नेपाली समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको सो अवसरमा राधा फिल्मका निर्देशक सुवर्ण थापा पनि सहभागि रहेका थिए । त्यस्तै अग्रज कवि किशोर पहाडीले आफ्ना रचनाहरु न्याभलाई हस्तान्तरण गरेका थिए । पहाडीले बाच्नु र बाँचेकाहरू, घर खण्डहर, कोण, विशु दाइ, शहरमा बत्ती निभेको बेला, किंवदन्ती लगायतका रचनाहरु सार्वजनिक गरेका छन् ।