• २०८३ जेष्ठ ६, बुधबार

उपन्यास ‘रूपमती’ प्रदर्शन गर्दै उपन्यास पुस्तकालयको उद्घाटन

काठमाडौं ।

उपन्यास समाज नेपालले उपन्यास पुस्तकालयको अवधारणलाई अगाडि ल्याउँदै पुस्तकालयको उद्घाटन गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपन्यासकार प्रा.डा. गोविन्दराज भट्टराईलगायतले रुद्रराज पाण्डेको चर्चित उपन्यास ‘रूपमती’ प्रदर्शन गर्दै उपन्यास पुस्तकालयको उद्घाटन गरे । प्रा.डा. भट्टराईले उपन्यास रस भरिएको शक्तिशाली विधा भएको उल्लेख गर्दै विश्व साहित्यमा उपन्यासको स्थानबारे आफ्ना विचार राखे । उनले नोबेल पुरस्कारले पनि धेरै उपन्यासलाई पुरस्कृत गरेको प्रसंग उल्लेख गरे ।

डा. भट्टराईले उपन्यास पुस्तकालयको स्थापनाले यसको खोजी, अध्ययन, अनुसन्धान गर्नेलाई ठूलो राहत मिल्ने बताउँदै भने, “उपन्यास नलेखे साहित्यिक जीवन बाँझो हुन्छ । त्यसैले लेखकहरूले यता पनि सोचौँ ।” कार्यक्रममा उपन्यासकार पवन आलोकले पुस्तकालयको स्थापनाले नयाँ सम्भावनाको ढोका खोलेको बताए । डा. दीनबन्धु शर्माले उपन्यास उन्नत विधा भएको चर्चा गरे । अर्का वक्ता निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पुस्तकालयमा उपन्यासमात्र नराखी उपन्यासमाथि लेखिएका समालोचना, थेसिसका कपि र कार्यपत्रहरू पनि संगृहित गरिनुपर्नेमा जोड दिए ।काठमाडौं । उपन्यास समाज नेपालले उपन्यास पुस्तकालयको अवधारणलाई अगाडि ल्याउँदै पुस्तकालयको उद्घाटन गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपन्यासकार प्रा.डा. गोविन्दराज भट्टराईलगायतले रुद्रराज पाण्डेको चर्चित उपन्यास ‘रूपमती’ प्रदर्शन गर्दै उपन्यास पुस्तकालयको उद्घाटन गरे ।

प्रा.डा. भट्टराईले उपन्यास रस भरिएको शक्तिशाली विधा भएको उल्लेख गर्दै विश्व साहित्यमा उपन्यासको स्थानबारे आफ्ना विचार राखे । उनले नोबेल पुरस्कारले पनि धेरै उपन्यासलाई पुरस्कृत गरेको प्रसंग उल्लेख गरे । डा. भट्टराईले उपन्यास पुस्तकालयको स्थापनाले यसको खोजी, अध्ययन, अनुसन्धान गर्नेलाई ठूलो राहत मिल्ने बताउँदै भने, “उपन्यास नलेखे साहित्यिक जीवन बाँझो हुन्छ । त्यसैले लेखकहरूले यता पनि सोचौँ ।” कार्यक्रममा उपन्यासकार पवन आलोकले पुस्तकालयको स्थापनाले नयाँ सम्भावनाको ढोका खोलेको बताए । डा. दीनबन्धु शर्माले उपन्यास उन्नत विधा भएको चर्चा गरे ।

अर्का वक्ता निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले पुस्तकालयमा उपन्यासमात्र नराखी उपन्यासमाथि लेखिएका समालोचना, थेसिसका कपि र कार्यपत्रहरू पनि संगृहित गरिनुपर्नेमा जोड दिए । राधेश्याम लेकालीले विदेशबाट लेखिएका नेपाली उपन्यासलाई पनि पुस्तकालयमा राख्न पहल गरिनुपर्ने बताए । समाजका अध्यक्ष शंकर भारतीले डायमन शमशेरको अगुवाईमा खोलिएको उपन्यास समाजले गरेका कामहरूबारे जानकारी गराएका थिए ।