English Poem
जब तिम्रो
छचल्किन्छ यौवन
सल्किन्छ मेरो मन
तड्पिन्छ रहर
गर्न तिमीलाई आलिङ्गन
तिम्रो धारिलो मुस्कानले
जान्छ मुटुमा पहिरो
थाहा छैन यो माया
कतिकति बन्ला गहिरो
आजको दिन त तिमीले
भन्नु हुँदैन नाइँ
आजैको एक दिन हो
मन कहिल्यै नरुवाई
तिम्रो मेरो मिलन
क्षितिजझैँ नहोस्
बसौँ साथमा
पृथ्वी घुम्न रोकियोस्
आकाशको सब लाली
तिम्रो अधरमा बसोस्
तिम्रो ओठले जादु गर्यो
म स्वप्न छरिबसेँ
तिमी आई सजाइदेऊ
आज म फुलिबसेँ
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)