• २०८१ फागुन १ बिहीबार

हेम- सरिता पाठक फाउन्डेसनद्वारा चार हजार डलरको पुरस्कार प्रदान गरिने

पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने भएको छ । हेम-सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित गर्ने भएको छ । यसैगरी एक हजार अमेरिकी डलर राशि सहित कवि मनोज विश्वकर्मालाई ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

हेम-सरिता पाठक फाउन्डेसन नेपालशाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरु यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस,अमेरिका)ले स्थापना गर्नुभएको हो । यी पुरस्कारहरु चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन् ।