• २०८३ बैशाख ३१, बिहीबार

पशुपति शर्मा र राधिका हमालको ‘जुनकिरी’ सार्वजनिक

काठमाडौँ ।

चर्चित गायक गायिका पशुपति शर्मा र राधिका हमालको मौलिक लोकदोहोरी गीत ‘जुनकिरी’ सार्वजनिक भएको छ । रोमान्टिक लोकदोहोरी शैलीमा तयार गीतमा शब्द तथा सङ्गीत गायिका हमालकै रहेको छ ।

बबिनसिंह ठकुरी र सफल पुनमगरले अभिनय गरेको गीतको म्युजिक भिडियोमा गायक गायिका पशुपति र राधिका पनि देखिएका छन् । थुप्रै कोरस प्रयोग भएको गीतको भिडियोमा कलाकारहरूले पनि मौलिक तथा आधुनिक नेपाली पहिरनमा प्रयोग गरेका छन् । भिडियोमा माया प्रेम र ठट्टा देखाउन खोजिएको छ । स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा राजेश घिमिरेको छायाङ्कन र नवीन घर्तीमगरको सम्पादन छ ।