• २०८१ चैत ७ शुक्रबार

सुष्मा दाहालको कवितासंङ्ग्रह ‘मध्यान्तर’ लोकार्पण

काठमाडौं ।

साहित्यकार सुष्मा दाहालको कवितासङ्ग्रह ‘मध्यान्तर’ एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार उशा शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रमको सभापतित्व साहित्यपोष्टका सम्पादक अश्विनी कोइरालाले गर्नुभएको थियो ।

प्रमुख अतिथि उशा शेरचन, अतिथिहरु क्रमशः गीतकार शान्तिराम भट्टराई, अधिवक्ता कृष्णप्रसाद घिमिरे, कवि रेजिना आपगाईले लोकार्पित कविता सङ्ग्रहकी श्रष्टालाई शुभकामना व्यक्त गर्नुभएको थियो । सभापतिको आसनबाट साहित्यकार अश्विनी कोइरालाले विमोचित कवितासङ्ग्रहबाट कविता वाचन गर्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो ।