संस्मरण

जीवन
कुनै स्थिर तलाउ होइन
लहरहरू त हुने नै छन्
जीवन
कहिले पनि हुँदैन
कुहेर गन्हाउने अँध्यारो-
अल्लारे उज्यालोसँग एकाकार
उज्यालोको यस जङ्गलमा
बढाउने छ हात-कसैले ।
कुनै हात- मायाको
कुनै हात- घिनलाग्दो घातको
अलिकति प्रताडना- विचित्र रातको ।
जीवन कुनै स्थिर तलाउ होइन
उन्मादित लहरहरूको चपेटामा
हराउन सक्छन्- यादहरूका धागा
र मात्र थोरै सुखको चाहमा
बिती सक्छन्- जीवनका आधा दिन ।
अनुवाद-राजेन्द्र शलभ