काठमाडौंँ ।
गोविन्दप्रसाद लोहनीको ९६ औं जन्मजयन्तिको अवसर पारेर ‘अष्ट्रेलियादेखि युरोपसम्म’ यात्रा सम्मरण पुस्तक लोकार्पण गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि लोकापर्ण गरिएको हो ।अर्थशास्त्री गोविन्दप्रसाद लोहनीको तीन वर्ष अगाडि ९३ वर्षको उमेरमा निधन भएको थियो । उनी बद्धिजिवी, अर्थशास्त्री, कुटनीतिज्ञमा रुपमा परिचित थिए । लोहनीले आफ्नो जीवनकालमा दुई हजार भन्दा बढी लेख रचना प्रकाशित गरेका थिए भने एक दर्जनबढी पुस्तक प्रकाशित छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य बनेका लोहनीले नेपाल राष्ट्र बैंकको स्थापना गर्न ठूलो भूमिका खेलेका थिए भने पाँच विकास केन्द्र स्थापना गर्न पनि उनको ठूलो भूमिका थियो ।
लोहनीले डायरीमा लेखेका तर प्रकाशित नभएका लेखलाई समेटेर उनका छोरा कपिल लोहनीले पुस्तक प्रकाशित गरेका हुन् । छोरा कपिल लोहनीले बुवाको जन्मजयन्तिको अवसरमा हरेका वर्ष एउटा नयाँ पुस्तक प्रकाशित गर्ने जनाए । पुराना विद्वानहरुका विषयमा पुस्तक प्रकाशित गर्ने विषयमा सरकारले ध्यान नदिएको भन्दै उनले असन्तुष्टि जनाए । शिक्षा र भूमि सुधारका विषयमा लोहनीको विशेष भूमिका रहेको थियो ।
कृपा पब्लिकेशनबाट प्रकाशित पुस्तकका बारेमा पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत डा. मदनकुमार भट्टराईले चर्चा गरेका थिए । उनले लोहनी बहुआगामिक व्यक्तित्वको धनी भएको भन्दै पुस्तकका विषयमा चर्चा गरेका थिए । सो अवसरमा विभिन्न क्षेत्रका विद्वानहरुको उपस्थिति रहेको थियो ।