लघुकथा

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले साहित्य- सृष्टि बालवाङ्मय साधना सम्मान (२०७९ पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । सो सम्मान अन्तर्गत रू २५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिन्छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू ५ लाखको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।
बालबाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले श्री मानन्धरलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो । बैठकले राकुपा बालवाङ्मय बालप्रतिभा पुरस्कारको राशि रू १० हजार गर्ने निर्णय पनि गरेको छ । सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्ग्य लेखक एवम् बालसाहित्यकार प्रा. रामकुमार पाँडेले रू २ लाख ११ हजार १११ को अक्षयकोष राखिदिनु भएको छ । यो पुरस्कार २० वर्षभन्दा मुनिका स्रष्टाले लेखेका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदानगर्न स्थापना गरिएको हो । पुस्तक छनौट कार्य हुँदै छ ।