मुक्तक

वासुदेव–विद्यादेव लुइँटेल गुठीद्वारा प्रदान गरिने ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिएको छ । जावलाखेल, ललितपुरमा आयोजित एक कार्यक्रममा २०७९ सालको “वासुदेव लुइँटेल पुरस्कार“ हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) लाई प्रदान गरिएको थियो । पुरस्कार राशी नगद रु.१ लाख ११ हजार १११ रुपैयाँको रहेको छ । कार्यक्रमका प्रमुख अतिथि भैरवबहादुर थापा र विशिष्ट अतिथि शान्तदास मानन्धरले संयुक्त रूपमा उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा झापाका श्री चूडामणि रेग्मी र काठमाडौंका श्री रमेश खकुरेल पनि नेपाली भाषा साहित्यको सेवा गरे वापत् सम्मानित हुनुभएको थियो ।