समाचार

हिजो र आजलाई
आपसमा जोड्ने
केही पनि छैन
कुनै बाटो छैन
कुनै सुरूङ वा गल्ली छैन
कुनै गोरेटो पनि छैन
न कुनै समुद्र छ
केही पनि छैन
हिजो र आजलाई जोड्ने ।
कुनै बार वा आँगन छैन
जहाँ चराहरू गाइरहेका होउन्
जहाँ हामी झुण्ड्याउन सकौँ
यस नाशवान दुनियाँका तस्वीरहरू ।
अनुवादः राजेन्द्र शलभ