• २०८२ आश्विन २८, मंगलवार

कवि ज्योति जंगलको ‘आधा शिर उचालेर’ कवितासंग्रह लोकार्पण

सर्वनाम थिएटर कालिकास्थानमा भएको ‘कवितामा तीन पुस्ताको दोश्रो सृङ्खला कार्यक्रममा कवि ज्योति जंगलको कविता संग्रह ‘आधा शिर उचालेर’ लोकार्पण गरिएको छ । उक्त कवितासंग्रहलाई कार्यक्रममा उपस्थित सर्वजनाले एकै पटक लोकार्पण गरिएको थियो । सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहलाई वरिष्ठ कवि दिनेश अधिकारी, वरिष्ठ कवि स्नेह सायमीलगायत उपस्थित सम्पूर्ण कवि, साहित्यकार तथा दर्शकहरुले विमोचन गरेका थिए ।

कवितामा तीन पुस्ताको कार्यक्रममा कवि स्नेह सायमी, कवि ज्योति जंगल र कवि हेमन्त शिशिरले कविता वाचन गरेका थिए ।