• २०८१ असार १२ मङ्गलबार

देवकोटा स्मृति सम्मानबाट निमेष निखिल सम्मानित

हेटौंडा ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापना गरिएको देवकोटा स्मृति सम्मान साहित्यकार निमेष निखिललाई प्रदान गरिएको छ । सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा सम्मान गरिएको हो । १० हजार नगदसहित निखिललाई सम्मान गरिएको थियो ।

साहित्य संगम मकवानपुर र युगप्रकाश क्लवको संयुक्त आयोजनामा हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन मा.वि. परिसरमा महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा सम्मान तथा कवितावाचन कार्यक्रम गरिएको थियो । महाकवि देवकोटाको शतवार्षिकीको अवसरमा हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन मा.वि.मा देवकोटाको प्रतिमा निर्माण गरिएको थियो ।