हिन्दी–कविता

सुनसान छन्–सडक
उनीहरु पर्खिरहन्छन्…
सडक, गल्ली, बार्दलीहरु
भरिभराऊ छन्
तै पनि
उनीहरु पर्खि नै रहन्छन् !
चिन्छन् आवाज !
पिडा, वहसीपना, विमारीहरु
र हवस उसको–सबै थाहा छ ।
केवल, छैन उसको नाम
उसको कुनै नाम नै छैन, शायद !
अनुवाद: राजेन्द्र शलभ