• २०८१ असोज २८ सोमबार

टीका शिवाकोटी आचार्यको कवितासंग्रह ‘भुइमान्छे’ लोकार्पण

सुनसरी इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको प्रथम कवितासंग्रह ‘भुइमान्छे’लोकार्पण गरिएको छ । प्रदेश नम्बर एकका पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिता कुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

सामाजिक, आर्थिक, राजनीतिक र संस्कृतिकसहित मानिस बीचको माया पिरति जीवनमा आउन सक्ने परिवर्तन र सोचलाई कवितासंग्रहमा समेटिएको लेखकले बताउनुभयो । कृतिमाथि समीक्षागर्दै साहित्यकार डम्बरुबल्लभ भण्डारी, शिवनारायण पंडित (सिंगल)लगायतले संग्रह समय सान्दर्भिक रहेको चर्चा गर्नुभयो । समीक्षक टीका मिलनले साहित्यकार आचार्यका कविता मिठा, सरल र भावपूर्ण बुझ्न सकिने खालका रहेको बताउनु भयो ।

प्रमुख अतिथि तथा एमाले नेता भिमप्रसाद आचार्यले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न, सामाजिक विकृति विसंगति उजागर गर्न कृति सफल रहेको बताउनुभयो । राजनीतिलाई समेत सचेत पार्न साहित्य पुस्तक सफल हुने विश्वास उहाँको थियो ।