• २०८३ असार ३०, मंगलवार

मनहरि खड्का मनोहरको पहिलो उपन्यास ‘रहर’ विमोचित

काठमाडौं ।

उपन्यासकार मनहरि खड्का मनोहरको पहिलो उपन्यास ‘रहर’ सार्वजनिक भएको छ । काठमाडौंमा मञ्जरी पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, रमेश खनाल, लक्ष्मण गाम्नागे, युवराज मैनालीलगायतले उपन्यास लोकार्पण गरे ।

कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार अनिता कोइरालाले खड्काको उपन्यासले मनोवैज्ञानिक रूपमा जीवनका रहर अभिव्यक्त गरेको बताइन् । कोइरालाले अन्धकारपछि उज्यालो हुन्छ भन्ने सन्देश यस उपन्यासले दिएको चर्चा गरिन् । साहित्यकार गाम्नागेले कृतिकार खड्काको परिचय दिँदै उनको साहित्य यात्राबारे चर्चा गरे ।

डा. भट्टराई, वक्ताहरू खनाल, प्रा.डा. भट्टराई, मैनाली र उपन्यासकारले आफ्ना धारणा राखे । उपन्यास मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको हो ।