गुरासहरू फुलेका छन्
रहरझै
हासोहरू बगेका छन्
लहरझै
नयाँ वर्ष आएछ
आगनमा धाप दिन
म भने,
नयाँ वर्षजस्तो केहि पाइरहेको छैन ।
यत्तिकैमा समय बोल्यो–
म त संधै नयाँ आउछु
तै मूर्ख छस्
तेरो मनले आफ्ना दुःख
घटाइरहेको छैन,
शंका हटाइरहेको छैन
तेरा आखा आफैँमा हराएका छन्
त्यसैले
नयाँ वर्षमा तेरो मनले
नयाँ वर्ष पाइरहेको छैन् ।
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)