• २०८३ आश्विन २७, मंगलवार

हुम्बरतो अकाबलका दुई कविता

हुम्बरतो अकाबल

हुम्बरतो अकाबल

१. त्योदिन

त्योदिन
ऊ
यति बेगले आई

तहस नहस
भयो
मेरो एकाकीपन

२. हाँसो

लहरहरूको
हाँसो हो

पानी माथि
तैरिंदै गरेको
फिँज ।

अनुवाद: राजेन्द्र शलभ