• २०८० असोज ६ शनिवार

‘समकालीन नेपालीनिबन्ध’४५ निबन्धकारका संग्रहित निवन्धको पुस्तक लोकार्पण

काठमाडौं ।

समकालीन ४५ निबन्धकारका आत्मपरक निबन्धहरूको संग्रह ‘समकालीन नेपाली निबन्ध’ पुस्तक सार्वजनिक भएको छ । शंकर लामिछाने प्रतिष्ठान तथा भुँडीपूराण प्रकाशनको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा पुस्तक विमोचन भएको हो ।

विमोचनपछि बोल्दै डा. शान्तिमाया गिरी, सुधा शर्मा र प्रमोद प्रधानले पुस्तकमा संकलित निबन्धहरूको विविध पक्षमा चर्चा गरेका थिए । साथै उक्त कृतिका सम्पादक श्रीओम श्रेष्ठ रोदनले सम्पादन अनुभव सुनाएका थिए । पुस्तकमा तेजेश्वरबाबु ग्वंग, अभि सुवेदी, दीनानाथ शर्मा, सृजन लम्साल, खगेन्द्र संग्रौला, माधव पोखरेल, देवराज खरेल, किशोर नेपाल, डा. गोविन्दराज भट्टराई, रमेश गोर्खाली, रामबाबु घिमिरे, सरूभक्त, महेश प्रसाईं, सुधा त्रिपाठी, गोविन्दगिरी प्रेरणाका निबन्ध समेटिएका छन् ।

यस्तै शारदा शर्मा, विन्दु सुवेदी, कृष्ण धरावासी, मित्रलाल पंज्ञानी, माधव काफ्ले, मोहन चापागाईं, ज्ञानु पाण्डे, श्रीओम श्रेष्ठ रोदन, विनयकुमार शर्मा नेपाल, लक्ष्मणप्रसाद गौतम, प्रकाश सायमी, जयदेव गौतम, भूपिन, मोमिला, भीष्म उप्रेती, रञ्जना निरौला, रोशन शेरचन, युवराज नयाँघरे, ज्ञानेन्द्र विवश, संगीत आयाम, डा. रजनी ढकालका निबन्ध छन् । पुस्तकमा ज्ञानु अधिकारी, कुमारी लामा, पुण्य कार्की, डा. टंक उप्रेती, गीता त्रिपाठी, मणि लोहनी, श्रीबाबु कार्र्की दास, नवीन विभास र अनिता न्यौपानेका आत्मपरक निबन्ध समेटिएको छ ।