• २०८० असोज ८ सोमबार

लोरी

तो हु

तो हु

मौरीले बनाउँछे मह, उसले माया गर्छे फूलहरूलाई
माछा तैरिन्छ, उसले माया गर्छ पानीलाई
पक्षी गाउँछन्, माया गर्छन् आकाशलाई
मान्छेले जिउनका लागि, हे मेरी छोरी
उसले अवश्य नै गर्नुपर्छ आफ्ना साथी- भाइलाई माया ।

एउटा ताराले मात्र आकाश जगमगाउन सक्तैन
एक कसौंडी भातले पूरै फसल बनाउन सक्तैन
एउटा मान्छे कुनै पनि रूपमा संसार हुँदैन
एउटा निभ्दो कोइलाभन्दा बढी केही हैन ।

पहाड ठडिएको छ धरतीमाथि
यदि यसले धरतीको दीनतालाई हेप्यो भने, कहाँ उभिन्छ त्यो
गहिरो समुद्रले पिउँछ हरेक नदीनाला
यदि यसले अँगालेन भने साना नदी र खोला, पानी हुने छैन समुद्रसँग ।

बूढो बाँसले माया गर्छ मुनाहरूलाई
कोमलतालाई दिन–प्रतिदिन
जब तिमी बुझ्ने हुनेछौ, पिताभन्दा बढी
लिने छौ यो गोलो धरतीलाई आफ्नो अँगालोमा ।

अनुवाद: राजेन्द्र शलभ