• २०८१ मंसिर १७ सोमबार

चकमन्न रातमा

गीता आचार्य

गीता आचार्य

नोटको पावर
कति धेरै
इमानदारीभन्दा अति धेरै
तिम्रो त्यो अपमानको
पछ्यौरी नै छेलियो
चुपचाप- चुपचाप
निष्पट्ट अँध्यारो रातमा
सत्य बाहिर
पैसा भित्र
पैसाको पछ्यौरी ओढ्नेहरू भित्र
पैसाको भेलमा दाउरा तान्नेहरू
मान्छेको लासभन्दा दाउरै प्यारो
कसलाई मतलब
भेल माथि तैरिरहेको त्यो लास माथि ?
कसको घर बगायो
कसको खेत बग्यो
कसको खुसी बग्यो
कसको बाली पुरियो
कसको एक छाक नासियो
कसको सबथोक खोसियो
किनभने ताप्नै छ पैसाको राप
तातो- तातो
कसले देखोस्
तप्प- तप्प आँसु
अँधेरी रातमा
चकमन्न रातमा
साक्षी छन् त केवल टहटह तारा
अनि चन्द्र एक…!


गीता आचार्य
[email protected]