• २०८१ मंसिर १७ सोमबार

तपाइको मूल्य कति ?

विवेक दुलाल क्षेत्री

विवेक दुलाल क्षेत्री

अनेकन परिस्थितिको सामना गरेर देश आर्थिक शुचिशान्कमा न्युन थियो । आयवृद्धिको मेरुदण्ड कृषि पैले जस्तो थिएन । खेतबारीमा महगा घडेरी भनेर रोडा गिटि हालिएका थिए । जगन आर्थिक विज्ञ त थिएनन् । उनलाइ क्रमिक बिकाश भन्दापनि रेमिटेन्सको भर निको लागेको थिएन । फेरि एकपल्ट चुनाबको सर गर्मी चढेको थियो । उनले केही जुझारु युवाहरुलाई देशको स्थिती बारे बुझाउदै भने ।

अब पनि कोहि नपुग्ने सपना बाड्छ भने त्यो झुट मात्र हो । हामीलाइ जापान, कोरिया, युरोप अमेरिका गएर काम गर्नुछैन । हामीले युवालाई सधैँभरी बाहिर पठाउनु छैन । बरु विदेशीलाइ नेपालमा कामगर्ने अवसर सृजना गर्नुछ । आर्थिक रुपमा सबल बनेर हाम्रो माटो आकर्षणको केन्द्र बनाउनु छ ।

जगन सित निकै युवाहरुको प्रभाव देखेर एकजना नेता गाउमा आए । युवा भन्दा पनि जगनलाई एकान्तमा भेटे । ती नेताको वाकपाटुता देखेर जगन छ्क्क परे । नेता भन्दै थिए.. जगन जी, मलाइ जिताउन सहयोग गर्नुस् । म सर्वोच्च पदमा पुगेँ भने तपाइलाई राज्यमन्त्री सरहको सल्लाहकार बनाउँछु । या त राजदुत बनेर विभिन्न देशमा घुम्ने मौका दिन्छु । यहाँ कोहि छैन, भन्नुस न, तपाइको मूल्य कति ?


विवेक दुलाल क्षेत्री दमक, दमक बजार ,झापा, हाल- अबुधाबी ,युएइ ।