• २०८१ भाद्र २५ मङ्गलबार

सङ्गीतकार जङ्गम पुरस्कृत

काठमाडौँ/फागुन २९, २०७८

शनिबार हेटौडामा यस वर्षको एक लाख रुपैयाँ नगद राशिको बिजुलीमाया वन श्रेष्ठ सङ्गीत पुरस्कार वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिएको छ ।

भीम विराग सङ्गीत- साहित्यकला प्रतिष्ठान मकवानपुरले भीम विरागको १०औंँ  स्मृति दिवसको अवसरमा उक्त पुृरस्कार प्रदान गरेको हो ।प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य र वरिष्ठ साहित्यकार एलबी छेत्रीले जङ्गम संयुक्तरूपमा नगद, दोसल्ला र कदरपत्र सम्मान गरेका थिए । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जंगमले हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।

यस वर्षको भीम विराग युवा सङ्गीत पुरस्कार गायक शिव परियारलाई नगद २५ हजार रुपैयाँ सहित प्रदान गरिएको छ ।