हिन्दी कविता

समुद्र- किनारमा बनेको घर
सधैँ
त्यो जहाजजस्तो लाग्छ
जुन भर्खरै बन्दरगार आइपुगेको छ ।
हर रात त्यो भौँतारिन्छ
अन्तहीन महासागरमा
युगहरूमा, अथाह विस्तारमा ।
उसको चारैतिर तैरिन्छन् ताराहरू
उसको मुटुभित्र अगेनो रोइरहन्छ
जसलाई बाल्दैन कसैले पनि ।
जसरी कुकुर कुरिरहन्छ आफ्नो मालिकलाई
त्यसरी नै समुद्र–किनारमा बनेको घरले
पर्खिरहन्छ आफ्नो क्याप्टेनलाई ।
अनुवादः राजेन्द्र शलभ