समाचार

जब रून थाल्छ गिटार
बिहानीको नशा चकनाचुर हुन्छ
जब गिटार रून थाल्छ
यसलाई चुप लाउनु व्यर्थ छ
असम्भव छ यसलाई चुप लाउन
यो आफ्नै सुरमा रून्छ
जसरी रून्छ पानी
जसरी रून्छ हावा
हिमक्षेत्रहरूमा
असम्भव छ यसलाई चुप लाउन
यो टाढाका चीजहरूका लागि रून्छ
जसरी मरूभूमिको तातो बालुवा
केमेलियाका सेता फूलहरूका लागि तड्पिन्छ यो
जसरी विना निसानाको तीर रून्छ
जसरी बिहानी रून्छ विनासाँझको
जसरी पहिलोपटक मारिएको
चरीको विरहमा रून्छ हाँगा ।
ओह गिटार
पाँच तीरले एकैपटक
छियाछिया भएको छ मुटु ।
अनुवाद: राजेन्द्र शलभ