कविता– मारवाड़ी

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिएको कविता महोत्सव( २०२२ मा सेतोमाटोका युएई प्रतिनिधि अजित उत्सव प्रथम भएका छन् । महोत्सवमा प्रथम अजित उत्सव, दोस्रो राधिका कल्पित र तेस्रो प्रज्वल अधिकारी, कोमलप्रसाद भट्ट र पवनविक्रम परियार विजयी भएका हुन् ।
महोत्सवमा प्राप्त ३१८ कवितामध्ये ६७ जना सर्जकको कवितावाचन गरेका थिए । २४ सेप्टेम्वर, शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ जुमका माध्यममा सम्म्पन्न भएको सो कार्यक्रममा सहभागी प्रतियोगीले कवितावाचन गरेका थिए । महोत्सवको प्रमुख निर्णायकमा वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार गोविन्दगिरी प्रेरणा , चर्चित कवि र निबन्धकार भीष्म उप्रेती तथा महिला स्रष्टा प्रभा भट्टराई रहेका थिए ।
प्रथम चरणको लागि छनोट समितिका सदस्यहरू राजेन्द्र श्रेष्ठ, रेणुका सोलु, सर्वज्ञ वाग्ले, प्रमोद सारंग, विमला निरौला, सुदीपभद्र खनाल रहेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५ सय, ३ सय र २ सय अमेरिकी डलर नगद र प्रमाण-पत्रद्वारा सम्मानित गरिनेछ ।
महोत्सवमा तीर्थराज अधिकारी, रोहिणी शर्मा, पदम विश्वकर्मा, पुरू सुवेदी र ईश्वरी भट्टले पुरस्कारलाई प्रायोजन गरेका थिए भने कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री, सल्लाहकार प्रतीक ढकाल, गोविन्दगिरी प्रेरणा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ महासचिव विमला निरौला, सचिव दीप पाठकलगायतले मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रम सञ्चालन गरेका थिए । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा मातृवियोगमा रहेका कारण अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।