• २०८३ जेष्ठ २५, सोमबार

महालक्ष्मी साहित्य समाजद्वारा साहित्य उत्सव तथा स्रष्टा सम्मान’–२०८३ सम्पन्न

काठमाडौँ ।

महालक्ष्मी साहित्य समाज, ललितपुरले ’महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान’ कार्यक्रम–२०८३ सम्पन्न गरेको छ । सह-आयोजनामा महालक्ष्मी नगरपालिका वर्डा न–९ र मिडिया पार्टनरमा फोटोज बाइ चेल्सीको भूमिका रह्यो । प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले मानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए। ट्रिबोन्स रिसोर्ट, लामाटारमा कार्यक्रम आयोजना गरिएको हो ।

महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान’ कार्यक्रम–२०८३ लाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले आफ्नो जीवन भोगाइ र सङ्घर्षबारे पुस्तक प्रकाशन गर्न लागेको बताउँदै जीवन जिउने कला र समाज परिवर्तनका लागि कविहरूको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै संस्थापक अध्यक्ष श्रीराम पौडेललाई लगायतलाई सम्मान गरेका थिए । विशिष्ट अतिथि महालक्ष्मी नगरपालिका वडा नं.–९ का अध्यक्ष जयकृष्ण बोगटीले कविहरू भनेका समाजका अग्रणी व्यक्तित्वहरू भएको बताए। उनीहरूले जीवन र जगतलाई व्यक्त गर्ने सामथ्र्य राख्ने बताउँदै भौतिक विकास मात्र नभएर मानसिक र बौद्धिक विकास पनि हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मन्तव्यसहित गजल वाचन गरेका थिए। त्यअगिब बनेपाली, प्राज्ञ चेतनाथ धमला र प्राज्ञ पञ्चकुमारी परियारले मन्तव्यको साथ कविता वाचन गरेका थिए । चलचित्र लेखक रामशरण पाठक, कवि भक्तबहादुर पण्डित, कलाकार नरेन्द्र थापाले आआफ्नो धारणा प्रस्तुत गरेका थिए।कार्यक्रममा कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीयले कविता र कवि रञ्जु दाहालले मन्तव्यसहित कविता वाचेका थिए ।