• २०८१ माघ १ मङ्गलबार

दिएर जाऊ

श्याम रिमाल

श्याम रिमाल

दिएर जाऊ
छाडेर जाऊ

देऊ जानुअघि
छाड छुट्नुअघि–यो शोखको मूल्य
यो भोगको मूल्य

जन्मेदेखि जीवनसम्म
आँखा हेरेको गुनका लागि
सास फेरेको मूल्यका लागि

दुृःखसुख जे पायौ–
संसार त पायौ नै
मान्छेको संज्ञा पनि पायौ

दिएर जाऊ–जानुअघि
छाडेर जाऊ–छुट्नुअघि ।


श्याम रिमाल
[email protected]