केटा: लाइहाल लाइहाल मनमै माया भए खुरुक्कै लाइहाल
सुटुक्कै आइहाल यो ज्यानको मायाभए सुटुक्कै आइहाल ।
केटी: छाइहाल छाइहाल मुटुमै प्यार भए खुरुक्कै छाइहाल
हुरुक्कै भइहाल यो ज्यानलाई हेरी हुरुक्कै भइहाल ।
केटा: लुकि लुकी हेरेको किन हो झुकि झुकी हाँसेको किन हो
भन न भन हे प्यारी, माया दिन हो तिमीले माया लिन हो
गाइहाल गाइहाल प्रीतिकै गीत तिमी खुरुक्कै गाइहाल
सुटुक्कै आइहाल यो ज्यानको मायाभए सुटुक्कै आइहाल ।
केटी: मीठोमीठो बोलेको किन हो मन पनि खोलेको किन हो
भन न भन हे प्यारा, माया दिन हो तिमीले माया लिन हो
धाइहाल धाइहाल प्यारमै डुब्न तिमी खुरुक्कै धाइहाल
हुरुक्कै भइहाल यो ज्यानलाई हेरी हुरुक्कै भइहाल ।
– डम्बर बिकेल