एकाबिहानै
एक कबाडीवाला
घरै अगाडि आयो
र चिच्यायो
“ओ कबाडी.. कबाडी !“
उसलाई दिन
मसँग केही थिएन
तर जब उ
घरभित्रै छिर्यो
मलाई पनि करै लाग्यो
र मन नलागी नलागी निकालेँ
वर्षौँदेखी मनभित्रै थन्किएका
सपनाका थोत्रा पोकाहरु
कबाडीवालाले
“भारी, तर अबिकाउ“भन्दै
पोकाहरु नलिई हिँड्यो
भन्थे
सपनाको कुनै मोल हुँदैन ..
साँच्चै, हो रहेछ !
संसार नेपाली