• २०८१ श्रावाण २ बुधबार

आशीर्वाद

किशन पौडेल

किशन पौडेल

उसलाई शिखरमा पुग्नु थियो । उसले एउटा आशा लाग्दो चाकरीको र्भयाङ देख्यो ।
निहुँरिदै भन्यो

(“प्रभु मलाई अवसरको ढोका खोलिदिनुस्।”
(“तथास्तु) चढ् माथि ।”उसलाई आशीर्वाद प्राप्त भो ।
विवेकमा लगाम लगाएर एक खुट्किलो माथि उक्लियो ।
उसले माथि फर्केर र्हेयो त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो-
(“प्रभु मलाई त्यहाँ पुग्नु छ )”
‘(समाऊ हात )” कृपा दृष्टि भो ।
चाप्लुसीको डोरी समायो र चढ्यो माथि ।
उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो अझै माथि उड्ने लालसाले महत्त्वाकाङ्क्षाको पखेटा फिँजाउँदै भन्यो-
(“स्वामी मलाई शिखरमा नै र्पुयाइदिनुस्)’
(“अवश्य)” मिठो आश्वासन प्राप्त भो ।

निष्ठालाई कुल्चिँदै ऊ माथि पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदा बाजी गर्दै रहेछन् ।
उसले सोध्यो
“मालिक म के गरूँ?”
“देऊ बलिदान ?”
उसले आफ्नो नैतिकताको बलिदान दियो र अवसरको झ्यालबाट फुत्तभित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो ।
उचाईको शिश महलभित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्यो ।
ऊ सँग स्वाभिमानको शिर थिएन ।


किशन पौडेल, हेटौंडा