• २०८१ माघ २७ आइतबार

मनिषा गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक

आख्यानकार मनिषा गौचनको चौथो कृतिको रुपमा नयाँ कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ । नेपाली साहित्यमा कविताको माध्यमबाट अगाडी बढेकी गौचनको यस अघि उपन्यास ‘वल्लीको डायरी’ र उपन्यास ‘ह्वाइट केन’ प्रकाशित छन् । उनी ह्वाइट केन प्रकाशित भएको आठ वर्षपछि प्रतिवहन कथासंङग्रह लिएर आएकी हुन् । पुस्तकमा रहेका २१ कथाले नौला, बोधगम्य, सम्प्रेषणीय अनि कौतुहलमय बनाउनेछ । समाजको फरक पात्र र कथाहरूलाई आख्यानमा उतार्न सक्षम लेखक गौचन प्रतिवहन मार्फत समाजको घटना दृश्य र कथन समेट्न खोजेकी छन् ।

लेखक गौचनको विशेष अभिरुचि जीवनका संघर्ष, सम्बन्धका जटिलता युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरूको संवेदना र अनुभूतिलाई कथा शिल्प दिएकी छन् । गौचनका कथाका अन्तरकुन्तरमा काव्यिक ध्वनि पनि सुनिएका हुन्छन् । पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।