• २०८१ श्रावाण ११ शुक्रबार

राज

बाबुराम न्यौपाने “उत्सव

बाबुराम न्यौपाने “उत्सव"

म कार्यालयबाट समयमै घर आएँ । मलाई मेरी जीवनसाथीले आफ्ना दुबै हातको माला लगाउँदै मायालु अंकमाल गरिन् ।
कोठाभरि सधैं भन्दा तेजिलो उनको अपूर्व मुस्कानको दिव्यप्रकाश छरियो ।
मैले उनको खुशी र अद्भुत मुस्कानको राजबुझ्न सकिन ।
सोधेँ  ! “आज तिमी निकै खुशी छौ त !! यसको कारण ठूलै हुनुपर्छ ?”
उनले डाक्टरी रिपोर्ट हातमा नचाउँदै भनिन् ।
“यस संसारमा यो भन्दा आश्चर्यपूर्ण अर्को घटना हुँनै सक्दैन । मान्छेमात्रको लागि यो सामान्य कुरा हुँदै होइन, प्यारा । भनिन्छ प्रत्येक मान्छे आफै एक अद्भुत आश्चर्य हो ।”
मेरो मनभित्र पनि कुतूहलता मिश्रित अनौठो खुशी र आनन्दको शान्त लहर उठ्यो ।
उनले मेरा आँखामा उनका नशालु आँखा जुधाइन् र कुराको बिट मारिन् ।
“मेरो गर्भगृहमा मानव अस्तित्वको फूल फक्रदैछ । के यो महान् घटना र आश्चर्यको कुरा होइन र  ! ?”

बाबुराम न्यौपाने “उत्सव”
हालःदमक, झापा।