समाचार

तिमी हाँस्नु कामना गर्दैछु तिमी बाँच्नु कामना गर्दैछु
मर्दैछु, चलायौ छुरा मुटुमा मेरो आज म त मर्दैछु ।
एक्लो हुँदा तिम्रो साथ भएन साथको आश भएन
आशको प्यास छैन मलाई तर तिम्रो याद गएन
तिमी साँच्नु कामना गर्दैछु तिमी बाँच्नु कामना गर्दैछु
मर्दैछु, चलायौ छुरा मुटुमा मेरो आज म त मर्दैछु ।
मायासँगै तिम्रो यात्रा भएन यात्राको बाटो भएन
बाटोको प्यास छैन मलाई तर तिम्रो माया गएन
तिमी नाच्नु कामना गर्दैछु तिमी बाँच्नु कामना गर्दैछु
मर्दैछु, चलायौ छुरा मुटुमा मेरो आज म त मर्दैछु ।
– डम्बर बिकेल