हिन्दी कविता

बेहाल सम्हाल्ने हातहरू बेहालले चिन्न छाड्यो ।
पर्खालमा कैद जिन्दगी पर्खालले चिन्न छाड्यो ।
मानिस खोज्न हिँडेथेँ, तर मानिसै हाँस्न थाले
म तिर्खाएको किनारा, छालले चिन्न छाड्यो ।
बादल बनेर आउँछन्, ती भेलले बगाई लानेहरू
मारिसके कि जिउँदै छु, हृच्चालले चिन्न छाड्यो ।
साह्रै नरम छ आँशु, रून्छ पनि मुस्कुराउँछ पनि
कुन झिरले बग्यो आँशु, सवालले चिन्न छाड्यो ।
चिराग निभ्यो जलाउन यो अत्यासको अन्धकार
तुहियो यात्रा जब प्रकाश मशालले चिन्न छाड्यो ।
अब उदाउनु, अस्ताउनु के ? अक्कर-गुफा जिन्दगी
बाँचिरहेँ किन ? म सुन्छु- कालले चिन्न छाड्यो ।
श्रवणकुमार ढुंगाना