यहाँ सधैं नेता बन्छ, कार्यकर्ता बन्छ
भन्नुस् त मन्त्रीज्यू देश कहिले बन्छ ?
साईकल चडन नसक्ने नेता गाडी चडछ
झुप्रोमा बस्ने तिम्रो कार्यकर्ताले
सहरमा दुईचारवटा घरघडेरी छ भन्छ
बिचरा जनता सधैं, जहाँको तही रहन्छ
हैन हो नेता ज्यू देश कहिले बन्छ ?
प्रजातन्त्र आयो एक थरी बने
लोकतन्त्र आयो अर्को थरी बने
गणतन्त्र आयो फेरी अर्को थरी बने
जुनतन्त्र आएपनि यहाँ
खाली नेता कार्यकर्ता मात्र बन्छ !!
मलाई यो देश बनेको हेर्न कस्तो मन छ
लौ भनिदेउ न नेताज्यू यो देश कहिले बन्छ ?
मेरो झनातिको पालामा बन्छ कि खनातिको पालामा बन्छ ?
अब त नढाँटिकन भन्देउ न हो नेताज्यू
यो देश कहिले बन्छ ?
प्रेमवली ढकलपुरे
[email protected]